ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए


एबीसी न्यूज

काठमाडौं ९ माघ । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।

भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए । लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए ।

‘भागेर जंगलतिर लुकेर बसेका थिए, त्यसपछि सर्वसाधारणलाई समेत उनको हुलिया बताएर कतै देखिए खबर गर्न भनेका थियौं’, काफ्लेले भने, ‘त्यसक्रममा उनी मुख्य बाटोतिर निस्किएको खबर आएको थियो ।’

त्यही क्रममा गाडीमा चढेर काठमाडौं आउने क्रममा प्रहरी चौकी गढीको टोलीले ती नाइजेरियन नागरिकलाई पक्राउ गरेको उनले बताए ।

 

२५ वर्षीय नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई भोजपुर प्रहरीले ७ माघमा भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट पक्राउ गरेको थियो । त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर भोजपुरका प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले उनलाई को १ झ ६१६ नम्बरको गाडमिा उनलाई काठमाडौंतर्फ ल्याइँदै थियो ।

प्रहरीका अनुसार, अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउनक ालागि उनलाई टोलीले ल्याइरहेको थियो । त्यही क्रममा शौच गर्न निस्किएका बेला उनी भागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

सम्बन्धित

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

देउवा पक्षले दायर गरेको रिटमा के–के छन् मागदाबी ?

उम्मेदवारी दर्ता केही दिन सर्ने संकेत : प्रधानमन्त्रीले बोलाइन् बैठक

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com