ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीबाट निर्घात कुटिए युवक, छानबिन समिति गठन


एबीसी न्यूज

काठमाडौं ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।

प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने रु’, ‘माथिको पावर देखाउने रु’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।

 

प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने यो भिडियो पुरानो भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com