काठमाडौं ६ माघ । प्रमुख प्रतिक्षी नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले निर्वाचनमार्फत ३२ बर्षे उमेहरहद तोकेकोबारे छानबिन गर्न समिति बनाएको छ।
अखिल क्रान्तिकारीको गत पुस १३ गते संगठनमा ३२ वर्षे उमेरहद लागू गर्ने कि नगर्ने भन्नेबारे निर्वाचन गरेको थियो। देशभरबाट मतदान गर्दा बहुमत प्रतिनिधि उमेरहद लागू गर्ने पक्षमा उभिएका थिए।
तर, माओवादी केन्द्रले स्थानको मतदानबारे पार्टीमा उजुरीहरु परेको भन्दै त्यसबारे छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा ३ सदस्यीय छाबिन समिति गठन गरेको छ। समितिमा धावा लामा र सालिकराम सापकोटा सदस्य रहेका छन्।
‘पार्टीको निर्वाचन आयोगले मतदान प्रकृया सम्पन्न गरिसकेको भएता पनि उजुरीहरूको प्रकृति हेर्दा पार्टीको आन्तरिक समीक्षासंग जोडिएको देखिन्छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि र अनुशासनको दृष्टिले केही गम्भीर प्रकृतिको देखिएकोले पाटीको आन्तरिक प्रयोजनको लागि ती उजुरीहरूको अध्ययन तथा छानबिन गरि बढीमा १ महिना अवधि भित्र पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्नका लागि पार्टी केन्द्रीय कार्यालयले अनुशासन आयोगका अध्यक्ष क। टंक राई संयोजक तथा आयोगका सदस्य द्वय क। धावा लामा र क। सालिकराम सापकोटा सदस्य रहने गरी ३ सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरिएको छ।’
छानबिन समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय पाएको छ।
तर, अखिल क्रान्तिकारीले ३२ वर्षे उमेरहद अनुसार नेतृत्व चयन गर्न माघ ८ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्दैछ। नेतृत्व चयनका लागि १२ निर्वाचन हुनेछ।








प्रतिक्रिया दिनुहोस्