ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्‍याउन लोसपाले बनायो उच्चस्तरीय समिति


एबीसी न्यूज

काठमाडौं ६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ ।

पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले यसअघि नै पाँच सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदल खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरिएको ठाकुरले बताएका छन् ।

उक्त कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा। सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्रसहितको पाँच सदस्य थिए ।

 

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो ।
त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।

यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com