ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना


एबीसी न्यूज

काठमाडौं, २८ पुस । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो ।२७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पनि परेको छ ।

त्यो बादल पुस २८ गते आइतबार पश्चिमतिरबाट पूर्वतिर फैलिँदै गएको छ । सोमबार दिउँसोसम्म पनि देशका पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद रेग्मीले बताइन् । उनका अनुसार सोमबार रातिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई क्षेत्रमा लागेको हुस्सु कम भएको छ । केही दिन धेरै ठाउँमा बाक्लो देखिएको हुस्सु आज भने कम भएको छ । आइतबार तराईका थोरै भू–भागमा मात्रै हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

सम्बन्धित

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

बालेनले गरे मैथिली भाषामा भाषण, जनकपुरधामबाट राजनीतिक यात्राको सुरुवात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com