ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिमी क्षेत्रको मौसम बदली : आज कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना


एबीसी न्यूज

काठमाडौं २८ पुस । आज देशको पश्चिमी क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार गएरातिदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रको माथिल्लो भागबाट बदली शुरु भएको र यो फैलिने क्रममा छ ।

आज दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज मधेस प्रदेशबाहेकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् महर्जनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

यो प्रणाली केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने सम्भावना छैन । भोलिदेखि मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तराईका कतिपय क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै छ । देशभर चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

सम्बन्धित

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

बालेनले गरे मैथिली भाषामा भाषण, जनकपुरधामबाट राजनीतिक यात्राको सुरुवात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com