ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विज्ञ टोली कोसी प्रदेशमा लगानीको सम्भावना खोज्दै


एबीसी न्यूज

काठमाडौं २७ पुस । कोसी प्रदेशका विभिन्न जिल्लाको सम्भावना बुझ्न नेपाल आएको चिनियाँ विज्ञहरूको टोली सङ्खुवासभा पुगेको छ। चिनियाँ कम्पनी जीसीएल र पावर चाइनाको संयुक्त टोली मिस्टर वाङको नेतृत्वमा कोसी कोरिडोर अन्तरगत सङ्खुवासभा हुँदै किमाथांकातर्फ लागेको हो।

विज्ञ टोलीमा जीसीएलका मिस्टर वाङ र पावर चाइनाका मिस्टर लिउसहित ११ जना रहेका छन्। टोलीका अन्य सदस्यहरुमा हाइड्रोपावर इन्जिनियरहरु चेन याङ, लियु योङ्झाइ, ली विङगोङ रहेका छन्।
त्यस्तै निर्माणसम्बन्धी विज्ञ झाओ लानसेङ्ग, जियोलजिस्ट ली झिमिन, जलविज्ञान सम्बन्धी विज्ञ ही याङ र निर्माण संयोजकनसम्बन्धी वाङ चीनस्य रहेका छन्। निर्माण व्यवस्थापनसम्बन्धी विज्ञ झ्याङ निङ्ग, हाइड्रोपावर प्रविधि व्यवस्थापन विज्ञ सेन डोङफेन र हाइड्रोपावर इन्जिनियर वाङ झ्याङलीन पनि टोलीमा छन्। चिनियाँ टोलीमा एक जना गाइड, एक जना डाक्टर र ८ जना भरियाहरु पनि रहेका छन्।

 

चिनियाँ विज्ञहरू कोसी प्रदेशको पर्यटन, कृषि र ऊर्जाको सम्भावनाको खोजीमा नेपाल आएका हुन्। टोलीमा भूगर्भ, हाईड्रो, वातावरण लगायतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरू सहभागी रहेको सीएनआईका उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए।

टोलीले कोसी प्रदेशमा चिनियाँ लगानीको सम्भावनाको खोजी गर्ने उनको भनाइ छ। ‘उनीहरूको प्राथमिकता ऊर्जा, पर्यटन र कृषि हो’, घिमिरेले भने, ‘ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्दै टोली अरुण हुँदै किमाथांका पुग्नेछ।’

टोली बिहीबार विराटनगरमा कोसी प्रदेशका मुख्यमन्त्री, मन्त्री, दलका नेताहरू तथा विराटनगर महानगरपालिकाका मेयरलाई भेटेर शुक्रबार खाँदवारी पुगेको हो।

चिनियाँ टोली बाग्मती, गण्डकी, कर्णाली लगायका क्षेत्रमा लगानीको सम्भावनाको खोजी गर्दै आएको थियो। सोही क्रममा कोसीमा आएको चिनियाँ टोली माघ ५ गते काठमाडौँ फर्किनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

सम्बन्धित

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com