ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णलक्ष्मीमा बचतकर्ताले राखेको पैसाबाट जीबी र रविलाई गाडी


एबीसी न्यूज

काठमाडौं २१ पुस । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको रकमबाट जीबी राई र रवि लामिछानेले गाडी खरिद गरेको भेटिएको छ । जिल्ला अदालत, काठमाडौंमा दायर अभियोग पत्रमा जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको उल्लेख छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध सरकारी वकिलले आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ । त्यसक्रममा दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ । सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख छ ।

पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ । लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ ।

‘निवेदनमा आफूहरुले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा।लि।लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘७ सिटर इको भ्यान खरिद गरेर गाडी गोरखा मिडिया नेटवर्क प्रा।लि।ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि।को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि।मा रहेको खातामा भुक्तान गरेको देखिन्छ ।’

त्यस्तै लामिछाने समेतले गोर्खा मिडिया नेटवर्क प्रालि।का लागि आवश्यक पर्ने अन्य चारपांग्रे गाडीको लागि समेत सोही प्रक्रियाबाट स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाख ४८ हजार रुपैयाँ कर्जा लिएको भनिएको छ । ‘।। त्यो कर्जाबाट थप गाडीहरु खरिद गरी सो गाडीहरु समेत गोरखा मिडिया नेटवर्कले प्रयोग गरेको मिसिल संलग्न रहेका कागजातहरुबाट स्पष्ट देखिन आयो’, अभियोग पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सम्बन्धित

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com