ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन-भारत सुलहमा ओली खुसी, ट्रम्पको पुनरागमनमा सतर्क


एबीसी न्यूज

काठमाडौं २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारत संवादबाट आपसी तनावलाई संवादबाट समाधानतर्फ अग्रसर भएकामा खुसी व्यक्त गरेका छन्।

तर, अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएकामा भने सतर्क हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

आइतबार काठमाडौँमा सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भारतले छिमेकीहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारप्रति ‘आवश्यक ध्यान दिन नकसकेको’ भनी यसअघि राष्ट्रिय प्रतिनिधि परिषद्को निष्कर्ष पनि पुनः उद्धृत गरेका छन्।

उनले प्रतिवेदनमा ‘बदलिँदो विश्व परिवेश, भूराजनीति र हाम्रो परराष्ट्र नीति’ उपशीर्षक दिएर लेखेका छन्(

बदलिंदो विश्व परिवेश, भूराजनीति र हाम्रो परराष्ट्र नीति
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा हामीले विश्व परिवेश र भूराजनीतिक परिवर्तनहरूका सम्बन्धमा देहायको निष्कर्ष निकालेका थियौँ(

तेस्रो वर्षमा प्रवेश गरिसक्दा पनि रुस(युक्रेन युद्ध अन्त्यको कुनै सम्भावना देखापरेको छैन। यसले सिर्जना गरेको मानवीय सङ्कट र खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा पारेको असरले विश्वलाई नै प्रभावित गरेको छ। कोभिड महामारीपछि तंग्रिन थालेको विश्व अर्थतन्त्रमा यसले नकारात्मक असर गरेको छ।

नेकपा ९एमाले० रुस(युक्रेन युद्ध यथाशीघ्र अन्त्य होस्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रूपमा रहन सकून् र त्यो भूभाग विश्व शक्ति राष्ट्रहरूको शक्ति प्रदर्शनको थलोर क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनोस् भन्ने मान्यता राख्दछ।

७ अक्टोबर २०२३ मा हमास लडाकूहरूले इजरायलमाथि गरेको साङ्घातिक आक्रमणर त्यसको बदला स्वरुप इजरायलले गाजा क्षेत्रमा सुरु गरेको प्रत्याक्रमणले ठूलो मानवीय सङ्कट निम्त्याएको छ। हमास आक्रमणमा परी झण्डै १२ सय इजरायली नागरिक मारिएका थिए भने सयौँ बन्धक बनाइएका थिए। कयौँ बन्धक अझै रिहा भएका छैनन्।

इजरायलको नृशंस आक्रमणमा परी गाजा क्षेत्रमा १४ हजारभन्दा बढी बालबालिका र १० हजार बढी महिलासहित ३२ हजारभन्दा बढी ९अहिले त्यो सङ्ख्या ४३ हजार भन्दा माथि पुगेको छ० प्यालेस्टिनी नागरिकहरू मारिएका छन्। संयुक्त राष्ट्र सड्घका सहायताकर्मीहरू समेत मारिने, अस्पतालमाथि बमबारी गर्ने एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने कामले यतिबेला गाजा क्षेत्र भोकमरी, अभाव र
मानवीय सङ्कटले आक्रान्त भएको छ।

युद्धका बाछिटा अन्यत्र पनि फैलिन थालेका छन्। प्यालेस्टाइनी जनताको समर्थनको नाममा यमनका हुथी विद्रोहीहरूले लालसागरमाथि गरिरहेको लगातारको आक्रमणले त्यस क्षेत्रको जलमार्ग समेत प्रभावित भएको छ। यसले विश्वकै आपूर्ति शुङ्खलालाई असर पारेको छ।
क्षेत्रीय युद्धको आशङ्का बढेको छ।

नेकपा ९एमाले० जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछ। प्यालेस्टाइनी जनताको स्वतन्त्र र
सार्वभौम राज्यको मागप्रति हाम्रो निरन्तर समर्थन रहँदे आएको छ। स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनु पर्छ भन्ने संयुक्त राष्ट्र सड्घको ुदुई राज्य समाधानु को प्रस्तावलाई हामी समर्थन गर्छौँ र त्यस विकल्पको कार्यान्वयनबाट मात्रै त्यस क्षेत्रमा दिगो शान्ति कायम हुन सक्छ भन्ने विश्वास गर्दछौं।

हामी त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशी सहित सबै बन्धकहरू रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई
निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं।

विगतमा आफैले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ। एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत गर्ने र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानीकारक हुन्। त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ।

हामी म्यान्मारमा लोकतन्त्रको तत्काल पुनःस्थापनाको पक्षमा छौँ। जननिर्वाचित संसदलाई भङ्ग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन।

दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति हामी चिन्तित छौं। हामी
कुनै पनि भू(भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपको विरुद्ध छौँ। लोकतन्त्र र शान्तिको पक्षमा छौं।

भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएका छन्। सार्क निष्प्रभावी र निष्क्रिय
अवस्थामा पुगेको छ। बिम्स्टेक कामकाजी बन्नसकेको छैन। गरिबी निवारण, जलवायु परिवर्तन र अन्तर(राज्य अपराध रोक्न आवश्यक पर्ने क्षेत्रीय सहकार्यको अभावप्रति हामी चिन्तित छौँ।

छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले आवश्यक ध्यान दिन नसक्दा उसँग यस क्षेत्रका देशहरूको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न सकेको छैन। नेपालको भारतसँग रहेका सीमा, १९५० को सन्धि, व्यापार घाटा
लगायतका विषयहरू अझै थाती रहेका छन्।ु

यी निष्कर्षहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।

यसका अतिरिक्त, दुई शताब्दी पुरानो अमेरिका(युरोप केन्द्रित विश्व व्यवस्था विस्तारै कमजोर हुँदै एसियाको उदय हुँदै जानु, जी(७ अर्थतन्त्रलाई ब्रिक्स अर्थतन्त्रले पछाडि पार्नु र यसप्रतिको आकर्षण ह्वात्तै बढेर यसमा १५ भन्दा बढी मुलुक सहभागी हुनु, डलरको विकल्पमा ब्रिक्स मुद्राको विमर्श र स्थानीय मुद्रामा कारोबार सुरु हुनु, नवअन्वेषण र नवप्रवर्तनमा अमेरिका र युरोपको वर्चस्व खस्किँदै जाँदा चीन, कोरिया, भारत जस्ता मुलुकहरूले यस क्षेत्रमा अग्रता लिन सुरु गर्नु नयाँ परिघटनालाई पनि हामीले मसिनो गरी नियाल्नु पर्छ।

विज्ञान प्रविधिको नवीनतम विकास, उत्पादन, वितरण र पुनरुत्पादनमा नयाँ प्रविधिको प्रयोगले सिर्जना गरेका अवसर र चुनौती, श्रम बजारमा सङ्कुचन र श्रमिकहरूको बेदखलीजस्ता नयाँ समस्या, एआई लगायत प्रविधिले ल्याएका सम्भावना, यिनको दुरुपयोगमार्फत सिर्जना भइरहेको मिथ्या प्रचारको बाढी र भविष्यमा मानव जातिको सिर्जनशीलतामा नै ल्याउन सकने सङ्कटका बारेमा पनि निरन्तर अद्यावधिक भइरहनुपर्छ।

हाम्रा नीतिहरूलाई अद्यावधिक बनाइराख्नुपर्छ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय एवं विदेशी उत्पादनमा
अतिरिक्त भन्सार लगाउने संरक्षणवादी नीतिहरूको घोषणा, पनामा नहर, क्यानाडाका कतिपय भूभाग र ग्रिनल्यान्डलाई नियन्त्रणमा लिने चेतावनी र दशौं लाख आप्रवासीहरूलाई अमेरिकाबाट बाहिर निकाल्ने वाचाले विश्व राजनीति र अर्थतन्त्रलाई तरंगित गरेको छ। नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि बढ्छ भन्ने कुराको प्रभाव विश्व राजनीतिमा गहिरो गरी पर्नेछ। संरक्षणवादले नयाँ ढङ्गको व्यापार युद्ध र आपूर्ति शृङ्खलामा अवरोध सिर्जना हुन सक्ने छ। अमेरिका(चीन तनावको प्रभाव नेपालमा कस्तो पर्नेछ भन्ने कुरालाई पनि हामीले सूक्ष्म ढङ्गले अध्ययन(विश्लेषण गर्नुपर्छ।

झण्डै चार वर्षपछि चीन र भारतबीच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा संवाद भएको छ र उनीहरूले ६ बुँदे सहमति सार्वजनिक गरेका छन्। दुई छिमेकीहरूबीच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा छ।

यसबीचमा बङ्गलादेशको राजनीतिमा ठूलो उथलपुथल भएको छ। तर बंगलादेशको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने स्पष्ट सङ्केत देखा परेको छैन। यसबीचमा हिन्दुलगायत अल्पसङ्ख्यक समुदायमाथि ज्यादतीका घटना भएका छन्। कतिपय अतिवादी समूहहरू सक्रिय देखिएका छन् र बङ्गलादेशका घटनाक्रममा कतिपय भूराजनीतिक चासो पनि अस्वाभाविक रूपमा प्रकट भएका छन्।

हामी बङ्गलादेशको समस्या त्यहाँका सार्वभौम जनताले स्वतन्त्र ढङ्गले निर्णय गर्नुपर्छ भन्ने मान्यता राख्छौं। त्यहाँको जनतामा त्यो सामर्थ्य छ भन्ने विश्वास गर्छौँ। छिटै यो देश निर्वाचनमार्फत लोकतन्त्रको बाटोमा फर्कने छ भन्ने आशा र शुभकामना व्यक्त गर्दछौँ।।

श्रीलङ्कामा राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कुमारा देशानायक निर्वाचित हुनुभएको छ र संसदीय निर्वाचनमा पनि वामपन्थी गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको छ। प्रतिकूल अवस्थामा जनता विमुक्ति पेरामुनाका कमरेडहरूले हासिल गरेको यो सफलताको विशेष महत्त्व छ। हामी यसका लागि जेभीपी र सम्पूर्ण श्रीलङ्काली जनतालाई बधाइ र शुभकामना व्यक्त गर्न चाहन्छौँ।

सिरियामा दशकौं आधिपत्य जमाएर बसेका राष्ट्रपति असद त्यहाँ चर्केको गृहयुद्धका कारण भागेर रुसको शरणमा जान बाध्य भएका छन्। तर युद्धोत्तर सिरिया कस्तो हुन्छ, स्पष्ट छैन। सुडान गृहयुद्धबाट आक्रान्त छ। विश्व शान्ति, न्याय र स्थायित्वको जनचाहनाविपरीतका अनेकौं प्रवृत्ति जारी नै छन्।

बदलिँदो भूराजनीति, भूअर्थनीति र शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाका बीचमा नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने अभिभारा थप जटिल बन्दै गएको छ। सँगै, केही नयाँ अवसरहरू पनि सिर्जना भएका छन्। हामीले भूराजनीतिमा आएका यी बदलावहरूलाई संवेदनशील दृष्टिले हेर्दै राष्ट्रिय हितको रक्षाका लागि सजग भएर अगाडि बढ्नुपर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सम्बन्धित

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सर्वोच्चमा रिट : रविको अभियोग फिर्ता मिल्छ कि मिल्दैन ? :केलाउनु पर्ने ४ प्रश्न

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com