ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधा साउन बित्न लाग्दा झापाका खेत बाँझै (भिडियो)


admin
श्रावण १२, २०७४ बिहीबार  १ : ०२ बजे

झापा, १२ साउन । झापा धान उत्पादन हुने प्रमुख जिल्लामा पर्छ । त्यसैले होला झापालाई धानका लागि सुपरजोनको रुपमा व्याख्या गरिएको छ । तर, धानका लागि सुपरजोन मानिएको झापामा पनि सिंचाईको राम्रो व्यवस्था हुन सकेको छैन ।

सिंचाईको राम्रो व्यवस्था नहुँदा झापाका अधिकांस किसान पनि आकासे पानीमै भर पर्ने गरेका छन् । झापामा साउन १५ सम्ममा रोपार्इं सकिनु पर्ने हो । तर, यस वर्ष पनि पर्याप्त वर्षा नहुँदा अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइ भएको छ । बाँकी जमिनमा खेती गर्ने किसान भने आकासे पानीकै प्रतिक्षामा छन् । असार १५ अगाडी नै पर्याप्त वर्षा नभए झापाको ३५ प्रतिशत जमिन बाँझै रहने सम्भावा बढी छ ।

धान झापाको पनि मुख्य बाली हो । झापामा असारमा सुरु हुने धान रोपाई साउन १५ सम्ममा सकिनु पर्छ । तर, यस वर्ष भने साउन १५ आउनै लाग्दा पनि रोपाई सकिएको छैन । झापामा अहिलेसम्म ६५ प्रतिशत जमिनमा मात्र रोपाई सम्पन्न भएको छ । बाँकी ३५ प्रतिशत जमिनमा भने अझै पनि रोपाई हुन सकेको छैन । साउनको आधा दिन वित्न लाग्दा समेत ६५ प्रतिशत मात्र जमिनमा रोपाई भएकोले यस वर्ष धान उत्पादन घट्ने कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।

झापामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ९० हजार हेक्टरमा धान खेती हुने गरेको छ । तर, ४६ हजार ७ सय ६२ हेक्टरमा मात्र सिंचाइ सुविधा पुगेको छ । बाँकी जमिनमा खेती गर्ने कृषकले भने आकासे पानीकै भर पर्नु पर्छ । सिंचाइ सुविधान पुगेका क्षेत्रमा रोपाई भइरहेपनि सिंचाईको सुविधान नपुगेका क्षेधका कृषक भने आकासे पानीको प्रतिक्षामा छन् । तर, झापामा कहिले वर्षा हुने हो कसैलाई थाहा छैन । झापामा सिंचाइको समस्या त छदैछ । झापाली किसानले वर्षेनी मल अभाव समेत खेप्दै आएका छन् ।

झापामा वर्षेनी ८७ हजार ५ सय हेक्टरमा बर्खे धान रोपाई हुने गरेको छ । त्यस्तै २० हजार ३ सय हेक्टरमा चैते धान खेति हुने गरेको छ । झापामा आर्थिक वर्ष २०७३\०७४ मा बर्खे र चैते गरी ५ लाख १७ हजार ९ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । तर, यस वर्ष समयमा रोपाइ नै नभएकाले झापामा धान उत्पान घट्ने निश्चित छ । त्यो भन्दा पनि चिन्ताको विषय चाहिँ धानबालीमै निर्भर झापाली कृषकलाई आगामी दिउँदमा खाद्यन्न संकटको सम्भावान बढी छ ।

सरकारले चाहने हो भने झापाका सबै क्षेत्रमा सिंचाइको व्यवस्था पु-याउन सक्छ । तर, अझै पनि ५० प्रतिशत खेतीयोग्य भू–भागमा सिंचाईको व्यवस्था हुन सकेको छैन । त्यसैले झापाका आधा कृषक आकासे पानीको भर पर्नु परेको छ ।

झापामा साना तिना सिंचाई आयोजनाहरु संचालनमा छन् । तर, धेरै नदीहरुको पानी त्यसै खेर गइरहेको छ । झापामा धान मात्र होइन बाह्रै महिना कृषकले कुनै न कुनै बाली लगाउन सक्छन् । तर, झापाली कृषकका लागि पनि सिंचाई समस्या नियती जस्तै बनिसकेको छ । बिद्युतको राम्रो सुविधा पुगेका क्षेत्रमा क्षमता भएका कृषकले मोटरको सहायतामा थोरबहुत आफैले सिंचाइको व्यवस्था गर्ने गरेका छन् । तर, मोटरको पानीले सबै खेती उकास्न कुनै पनि कृयाकले सक्दैनन् ।

त्यसैले झापाका प्रयाः कृषक आकासे पानीमै निर्भर हुनु परेको छ । आकासको के भरोसा, चाहिएको बेला पानी पर्दैपर्दैन । यस वर्ष पनि झापाली कृषकले आकासले आकासको भर पर्दा धान रोप्न नपाउने अवस्था बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com