ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


एबीसी न्यूज
पुस २१, २०८१ आईतबार   ८ : ५८   बजे

काठमाडौं २१ पुस । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराईरमधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराईरमधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

मध्य पुसदेखि चिसो स्याँठ चलेकाले तराईरमधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुलाई जाडोबाट जोगिन न्यानो लुगा, दाउरा तथा अरू आवश्यक व्यवस्थापन सामग्रीको अभाव छ । मजदुर, बालबालिका, वृद्धवृद्धा र गर्भवती धेरै प्रभावित बनेका छन् । कतिपयले आगो बालेर तातो बनाउने प्रयास गरिरहेका छन् ।

चिसोले सार्वजनिक ठाउँ, सडक, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । लगातारको चिसोले बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने बिरामी बढेका मधेस प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक तथा बालरोग विशेषज्ञ डाक्टर जामुन सिंहले बताउनुभयो । चिसोका बेला शरीरलाई न्यानो राख्न, खानपान र पहिरनमा ध्यान दिन उहाँको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group