ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


एबीसी न्यूज

काठमाडौं २१ पुस । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराईरमधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराईरमधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

मध्य पुसदेखि चिसो स्याँठ चलेकाले तराईरमधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुलाई जाडोबाट जोगिन न्यानो लुगा, दाउरा तथा अरू आवश्यक व्यवस्थापन सामग्रीको अभाव छ । मजदुर, बालबालिका, वृद्धवृद्धा र गर्भवती धेरै प्रभावित बनेका छन् । कतिपयले आगो बालेर तातो बनाउने प्रयास गरिरहेका छन् ।

चिसोले सार्वजनिक ठाउँ, सडक, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । लगातारको चिसोले बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने बिरामी बढेका मधेस प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक तथा बालरोग विशेषज्ञ डाक्टर जामुन सिंहले बताउनुभयो । चिसोका बेला शरीरलाई न्यानो राख्न, खानपान र पहिरनमा ध्यान दिन उहाँको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

सम्बन्धित

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com