ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन जोड्ने बेनीघाट–लार्के सडक, पाङसिङसम्म पुग्यो मोटरबाटो


एबीसी न्यूज
पुस १९, २०८१ शुक्रबार   १२ : ०३   बजे

काठमाडौं १९ पुस । बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ ।

बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक खोलिसकेको छ ।

हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म ट्रयाक खुलेर सवारी सञ्चालनमा आइसकेको छ । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ । सहज रुपमा सवारी साधन सञ्चालनका लागि माछीखोलामा बेलिब्रिज राखिएको छ ।

अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ ।

 

यस वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड बजेट विनियोजन भएको छ । बजेट कम भएको भन्दै थप गरिदिन चुमनुब्री गाउँपालिकाले माग गर्दै आएको छ । गत वर्ष दश करोड रकम विनियोजन भएको थियो ।

 

२०५२ सालमा बेनीघाट–आरुघाट–आर्खेत खण्डमा निर्माणको काम सुरु भएको थियो । आर्थिक वर्ष २०६३र६४ मा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको कार्यभार दिइएको थियो । सडक निर्माणको सुरुआत भने आव २०६६र६७ मा मात्र भएको थियो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको थिएन ।

२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद बैठकले सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार २०७४ साल वैशाखमा सडक विभागले नेपाली सेनालाई कार्यभार सुम्पिएको हो । नेपाली सेनाले काम भने २०७४ वैशाख महिनाबाट शुरु गरेको थियो ।

उक्त सडक धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, जगत हुँदै चुमनुब्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङ जोडिने छ ।

उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group