ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान


एबीसी न्यूज

काठमाडौं १६ पुस । जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो ।

अफगानिस्तानको पहिलो पारीमा ६ सय ९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५ सय ८६ र दोस्रो पारीमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । बुलावायोमा अफगानिस्तानले बनाएको ६ सय ९९ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै अफगानिस्तान सबैभन्दा कम खेल खेलेर टेस्ट क्रिकेटको एउटै पारीमा ६ सय रन बनाउने टोली बनेको छ । सन् २०१८ मा पहिलो टेस्ट खेलेको अफगानिस्तानले १० औं खेलमा यो उपलब्धि हासिल गरेको हो ।

हशमतुल्लाह शाहिदीले बनाएको २ सय ४६ रन अफगानिस्तानका लागि सर्वाधिक व्यक्तिगत योगफल हो । हशमतुल्लाहको यो दोस्रो शतक हो ।

यस्तै दोहोरो शतक बनाएका अफगानिस्तानकै अर्का ब्याटर रहमत शाहले पनि कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा पहिलो दुई शतकलाई दोहोरो शतकमा परिणत गर्ने पाँचौं खेलाडी बनेका छन् ।

यसअघि इङ्ग्ल्यान्डका वाली हमोन्ड, वेस्ट इन्डिजका रोहन कान्हाई, पाकिस्तानका जहीर अब्बास र भारता विनोद काम्ब्लीले यो उपलब्धि हासिल गरेका थिए ।

खेलको तेस्रो दिन ९५ ओभर ब्याटिङ गरेका रहमत र शाहिदी एकैदिनको खेलमा सबैभन्दा धेरै ओभर खेल्ने तेस्रो जोडी बनेका छन् । यस्तै जिम्बावेले बनाएको ५ सय ८६ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।

यस्तै एउटै टेस्टमा दुवै टोलीले आफ्नो सर्वाधिक योगफल बनाउने दुलर्भ कीर्तिमान पनि बनेको छ । रहमत र शाहिदीबीच तेस्रो विकेटका लागि भएको ३ सय ६४ रनको साझेदारी अफगानिस्तानका लागि टेस्ट क्रिकेटमा कुनै पनि विकेटका लािग सबैभन्दा धेरै रनको साझेदारी हो र यो जिम्बावेसँगको टेस्टमा कुनै पनि विकेटको लागि भएको दोस्रो ठूलो साझेदारी पनि हो ।

यस्तै जिम्बावेका २१ वर्ष ४६ दिनका ब्रायन बेनेट बुलावायोमा टेस्ट क्रिकेटमा शतक बनाउने र पाँच विकेट लिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । बेनेट जिम्बावेका लागि टेस्टमा शतक र पाँच विकेट लिने दोस्रो खेलाडी पनि बनेका छन् ।

जिम्बावे र अफगानिस्तानबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि बुलावायोमा शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com