ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला दललाई असफल हुने छुट छैन- महासचिव पोखरेल


एबीसी न्यूज

काठमाडौं १५ पुस ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताएका छन् । एमाले दाङ प्रचार तथा प्रकाशन विभागले सोमबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार दल र सरकारले काम गर्नुपर्ने बताए ।

विगतमा सरकारमाथि अदालतको हस्तक्षेप, अराजकता र अस्थिरताका कारण देशको अर्थतन्त्र समेत कमजोर हुन पुगेको उनले बताए । अहिले देशको आर्थिक अवस्थामा सुधार आइरहेको दाबी उनले गरे ।

राम्रो काम गर्दा गर्दै सरकार ढल्दैछ भनेर हल्ला चलाउने काम भइरहेको उल्लेख गर्दै पोख्रेलले ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले योजनाबद्ध सुधारका काम गरिरहेको बताए । कसैलाई चित्त नबुझ्दैमा सरकार ढल्न नसक्ने दाबी उनले गरे । ठूला दल मिलेको चित्त नबुझे पनि मिलिराखेपछि सबैलाई स्विकार्न बाध्यता हुने विचार उनले व्यक्त गरे ।

कतिपय कानुनहरू असान्दर्भिक र कार्यसम्पादनमा बाधा सिर्जना गर्ने खालका भएको बताउँदै उनले यसमा सुधार गर्न ६ सदस्यीय समिति बनाएर काम भइरहेको जानकारी दिए ।

रवि लामिछानेको विषय संसद्को आदेश बमोजिम सरकारी निकायले अनुसन्धान गरी विधिवत् अभियोजन गरिएको काम भएकाले यसमा अनावश्यक भ्रम सिर्जना नगर्न उनले आग्रह गरे । सहकारीको रकम कानुन विपरीत कम्पनीको खातामा राख्नेलाई मुद्दा चलाउने कुरा सरकारको प्रतिशोध भन्न नमिल्ने उनले बताए । नेता आदर्श हुनुपर्नेमा उल्टै पासपोर्ट, नागरिकता, बहुविवाह र सहकारी प्रकरणजस्ता अवैध काम गर्ने र उनैलाई जे पनि गर्न छुट दिने कुरा सम्भव नहुने उनले बताए ।

सत्ता गुमाउँदाको छटपटी गलत प्रचारमार्फत व्यक्त गर्नु राजनीतिक बेइमानी भएको उनले बताए । अहिले माओवादी केन्द्र र स्वतन्त्र पार्टीले योजनाबद्ध रूपमा सरकार र सत्तारूढ पार्टीमाथि साइबर हमला गरिरहेको उनले बताए । विकल्प हौँ भन्दै आएका पार्टीले गलत काम गर्न छुट नहुने भन्दै उनले राम्रो काम मात्रै विकल्प हुनसक्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com