ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एच–१बी भिसा कार्यक्रममाथिको बहसले ट्रम्पको मागा आन्दोलनमा फुट !


ABC News

 

काठमाडौं १२ पुस । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले एच–१बी भिसा कार्यक्रमप्रति समर्थन जनाउने विवेक रामास्वामीको आलोचना गरेका छन्। रामास्वामी सरकारको दक्षता विभाग (डज) सह(प्रमुखको रूपमा नियुक्त भएका छन् । उनले ‘उच्च दक्षता भएका’ विदेशी कामदारलाई अमेरिका ल्याउने पक्षमा बोलेपछि विवाद चर्किएको हो।

रामास्वामीले अमेरिकी संस्कृति प्रायः औसत दर्जालाई प्रशंसा गर्ने र उत्कृष्टतालाई बेवास्ता गर्ने भएकाले विदेशी कामदारहरूको भर पर्नुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘शीर्ष प्रविधि कम्पनीहरूले अमेरिकी कामदारहरूभन्दा विदेशी वा पहिलो पुस्ताका इन्जिनियरहरूलाई रोज्नुको कारण अमेरिकीहरूको आईक्यू कम हुनु हो भन्ने धारणा गलत हो। यसको मुख्य कारण संस्कृति हो। कडा प्रश्नहरूले कडा उत्तरको माग गर्छन्, र यदि हामी साँच्चै समस्याको समाधान गर्न चाहन्छौं भने सत्यको सामना गर्नुपर्छ। हाम्रो अमेरिकी संस्कृतिले लामो समयदेखि औसत दर्जालाई प्रशंसा गर्दै आएको छ।’

रामास्वामीले थप भनेका छन् , ‘एक संस्कृति जसले प्रोम क्वीनलाई गणित ओलम्पियाड विजेताभन्दा ठूलो मान्छ, वा खेलकुदका नायकलाई उत्कृष्ट विद्यार्थीभन्दा माथि राख्छ, त्यो संस्कृतिले उत्कृष्ट इन्जिनियर उत्पादन गर्दैन। सामान्य अवस्थाको लक्ष्य राख्नेहरूले सामान्य जीवन नै हासिल गर्छन्।’

https://x.com/VivekGRamaswamy/status/1872312139945234507

ट्रम्प समर्थकको आलोचना
रामास्वामीको टिप्पणीलाई राष्ट्रपति निर्वाचित ट्रम्पका कट्टर समर्थकहरूले कडा आलोचना गरेका छन् ।

पूर्व दक्षिण क्यारोलिनाका गभर्नर निक्की हेलीले भनेकी छन् ‘अमेरिकी कामदार वा अमेरिकी संस्कृतिमा केही पनि गलत छैन। हाम्रो देशको सीमा हेरेर थाहा हुन्छ, कति धेरै मानिसहरूले यहाँ आउन चाहन्छन्। हामीले अमेरिकीहरूमा लगानी र प्राथमिकता दिनुपर्छ, विदेशी कामदारमा होइन।’

निक्की हेलीको यसखाले प्रतिक्रियालाई धेरै ट्रम्प समर्थकले समर्थन गरेका छन् । दक्षिणपन्थी मिडिया व्यक्तित्व माइक सेर्नोभिचले सोसल मिडियामा लेखेका छन् , ”हामी अमेरिकाले विदेशी प्रतिभालाई भित्र्याउनेभन्दा आफ्नै प्रतिभालाई खोज्नुपर्छ।’

रामास्वामीले त्यसको जवाफ फर्काउंदै लेखेका छन् ‘त्यो अमेरिका, जुन कहिल्यै नथाक्ने असाधारणताका लागि परिचित थियो, हामी पुनः फर्काउन चाहन्छौं। यो मुद्दा आप्रवासन नीति होइन, संस्कृति हो।’

अब के हुन्छ ?
आगामी ट्रम्प प्रशासनमा एच–१बी भिसा कार्यक्रमलाई प्रतिबन्धित गर्ने प्रयास हुने हो कि भन्ने डर आप्रवासी समुदायमा बढेको छ।

ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर उनले यस कार्यक्रमलाई सीमित गर्न कदम चालेका थिए । उनले पुनः यो कार्यक्रमलाई कटौती गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । पछिल्लो घटनाक्रममा राष्ट्रपति निर्वाचित ट्रम्पको संक्रमण टोलीले कुनै प्रतिक्रिया नदिएको न्युजविकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com