ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


एबीसी न्यूज

काठमाडौं ११ पुस ।   भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।

पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

त्यसैगरी आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएको सोमवार र मंगलवार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । पर्याप्त हिउँदे वर्षा र हिमपात भएमा हिउँदे खेतीबालीलाई फाइदा पुग्नेछ ।

हिउँदे वर्षा र हिमपात हिउँदे बालीको उत्पादनमा निक्कै महत्वपूर्ण मानिन्छ । तर यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । तर यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने यसअघि नै अनुमान गरिएको छ । पर्याप्त हिउँदे वर्षा र हिमपात नभए खेतीबालीको उत्पादनमा असर पुग्नुका साथै वायु प्रदुषण र आगलागीका घटनासमेत बढ्न सक्ने जोखिम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com