ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धेरै बाघ पाल्न सकिन्न, कसैलाई उपहार दिऔँ – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ संरक्षण गर्न नसकिने बताएका छन्  बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप(२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने धारणा राखेका हुन्।

उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले ३ सयभन्दा बढी बाघ रहेको जानकारी पनि दिए। अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने ओलीले स्पष्ट पारे।

उनले भने, ‘हामी सन् २००९ मा कोपनेगेन कि कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ। हामीसँग बाघ थिए ११० वटा कि कति। डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ। ०१९(०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सयभन्दा बढी बाघ भइसके। अहिले साढे ३ सयभन्दा बढी बाघ छन्। जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ। हामीले पनि चाहिने खालका काम गर्नुपर्छ। बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ।’

बाघ पाल्ने भए नेपालले मित्र राष्ट्रहरूलाई उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने उनको भनाइ थियो।

‘उपहार दिऔँ, हाम्रा मित्रहरूलाई,’ उनले भने, ‘कोही बाज, कोही मयुर पालेका हुन्छन्। त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प। विभिन्न देशलाई उपहार दिऔँ बाघको खोरसमेतै दिनुपर्छ भने नि दिऔँ। तर जति भन्यो, त्यति बाघ बढाउने भन्ने हुँदैन। कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यहीअनुसार जानुपर्छ। मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन। त्यो गल्ती गर्नुहुँदैन। मान्छे ख्वाएर बाघ पाल्नेरु अलिअलि खान्छ नि बाघ भएपछि भन्ने, त्यस्तो हुँदैन। आफूलाई खायो भने के हुन्छरु त्यो हेर्नुपर्‍यो नि।’

आफूले बेहोरिरहेको क्षतिको जानकारी दिँदै मानवीय क्षति बेहोरेर बाघ संरक्षण गर्न नसकिने कुरा अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालले स्पष्टसँग राख्नुपर्ने उनको धारणा थियो।

‘अरूले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ प्रतिशत राख्या छौँ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति। त्यसमा क्षतिपूर्ति दिनुपर्दैन। हामीले भनिदिनुपर्छ दुनियाँलाई, होइन भने हामी पनि ३० प्रतिशत राख्छौँ। बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ। हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ। अरूले हाम्रो चिन्ता नगर्ने, हामीले मात्रै अरूको चिन्ता गर्नुपर्नेरु भनिदिनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com