ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात पदाधिकारीको असहमतिलाई सुनेनन् ओलीले


एबीसी न्यूज

काठमाडौं ११ पुस ।   भीम रावललाई पार्टीबाट निष्कासन गर्ने र अरु दुई नेतालाई ६ महिना निलम्बन गर्ने निर्णयका कारण नेकपा एमाले पंक्ति विभाजित बन्न पुगेको छ ।

एउटा हिस्साले पूर्वउपाध्यक्ष रावललाई निष्कासन गर्ने अनि विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि ६ महिना निलम्बन गर्ने निर्णयको रक्षा गरिरहेका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा पनि केही पदाधिकारीले कारबाहीको निर्णयमा खुलेर समर्थन जनाएका थिए । बैठक स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठ कारबाहीको पक्षमा उभिएका थिए ।

‘सबैले आफ्नो कुरा राख्नुभयो । बैठक लामो पनि चल्यो । केहीले पक्षमा कुरा राख्नुभयो, केहीले विपक्षमा’, एक पदाधिकारी भन्छन् ।

 

ती पदाधिकारीका अनुसार आफ्नो कुरा राखेकै कारण निष्कासनकै कारबाही गरिन नहुने अडान राख्ने नेताहरु पनि ठुलै संख्यामा थिए । स्पष्टीकरणसम्म ठीकै भएपनि निष्कासन र निलम्बन जस्ता चर्को निर्णय लिन नहुने अडान राख्नेमा सात पदाधिकारी थिए ।

ती पदाधिकारीका अनुसार उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले निष्कासनको निर्णयमा जान नहुने तर्क राखेका थिए ।

उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि कारबाहीको प्रस्तावमा फरक मत राखेका थिए ।

‘उहाँहरुले जुन विषयमा अहिले स्पष्टीकरण प्रक्रिया चलिरहेको छ, कारबाही प्रक्रिया बढाउँदा राम्रो सन्देश जाँदैन भन्ने कुरा राख्नुभयो । तर पार्टीलाई अनुशासनमा राख्न कार्बाही गर्नुपर्छ भन्नेहरु पनि देखिनुभयो’ अर्का एक पदाधिकारी भन्छन्, ‘पक्ष र विपक्षमा विभाजित भएर होइन कि आ(आफ्ना हिसाबले कुरा राख्ने काम भयो ।’

उनका अनुसार अरु पदाधिकारीले पनि बोलेका थिए । तर कारबाही गर्ने वा नगर्ने भन्नेमा प्रष्ट कुरा थिएन ।

अन्ततः अध्यक्ष केपी शर्मा ओलीले रावललाई निष्कासन गर्ने र पाण्डे र तिमल्सेनालाई निलम्बनको निर्णय लिए । यी नेताहरुले ब्यापारी मीन गुरुङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने पार्टीको निर्णयमा फरक मत राखेका थिए ।

तर पार्टीको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गत ४ कात्तिकमा तीनै जनालाई स्पष्टीकरण सोधिएको थियो । १२ कात्तिकमा पाण्डे र तिमल्सेनाले स्पष्टीकरणपत्र बुझाएका थिए ।

त्यो स्पष्टीकरणपत्र चित्तबुझ्दो नभएकाले निलम्बनको निर्णय लिइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com