ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न आयोजनालाई थप चार करोड २१ लाख बजेट विनियोजन


एबीसी न्यूज

काठमाडौं ११ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएर थप चार करोड २१ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न २३ औँ गाउँसभा ९हिउँदे अधिवेशन०ले चार करोड २१ लाख बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि थप बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।

उहाँका अनुसार, विनियोजित बजेटमा जिल्लाकै विकट गाउँ गूर्जा जोड्ने सडक र निर्माणाधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६०र६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । यसैगरी, वडा नम्बर ३ मा झोलुङ्गे पुल निर्माण गर्न १२ लाख रुपियाँ बजेट निर्माण गरिएको छ भने विभिन्न वडामा सडक र खानेपानी आयोजना निर्माणलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

बजेट पारित गरिएकोमा बुधबारको गाउँसभाले संशोधित बजेट स्वीकृत गरी गाउँपालिकाको कुल बजेट ४७ करोड ६४ लाख रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संशोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिनुभएको थियो ।

वडा नम्बर ३ का वडा अध्यक्ष देबेन्द्र रोकाका अनुसार, गाउँपालिकाले सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्णबहादुर भण्डारी, कल्लेनी आधारभूत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम, हेम माविका शिक्षकद्वयय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार सात सय रुपियाँको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com