ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका धेरै ठाउँमा आंशिक बदली, पर्सि रातिदेखि फेरि पानी पर्ने सम्भावना


एबीसी न्यूज
पुस १०, २०८१ बुधबार   ९ : ०४   बजे

काठमाडौं १० पुस ।   काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली छ । बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरु भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको थियो ।

हिजो बेलुका काठमाण्डौ उपत्यका, डडेलधुरा, दिपायललगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।

मौसमविद् अर्यालका अनुसार आज मौसममा क्रमिक सुधार भए पनि पर्सि शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ ।

यो प्रणालीले पश्चिम नेपालमा धेरै प्रभाव पर्ने भए पनि काठमाण्डौ उपत्यकासम्म नै वर्षा गराउने मौसमविद्ले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group