ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूको गुनासो, राष्ट्रिय सभा छायामा पर्‍यो


एबीसी न्यूज
पुस ९, २०८१ मंगलबार   ४ : १९   बजे

काठमाडौं ९ पुस । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय सभा छायामा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनीहरूले राष्ट्रिय सभाका कामहरू बारे जनतालाई बताउन कार्ययोजना नै बनाउनुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले राष्ट्रिय सभाले गर्ने कामको वर्णन कम हुने गरेको बताइन् । सभाले गर्ने कामबारे जनतालाई जानकारी गराउन कार्ययोजना नै बनाउन जरुरी रहेकोमा उनले जोड दिइन् ।

‘प्रतिनिधि सभाभन्दा बढी विश्वास राष्ट्रिय सभासँग छ । हामीले गर्ने कामका बारेमा जनता र निर्वाचन मण्डललाई जानकारी दिने विषयमा हामी गम्भीर हुनुपर्छ,’ उनले भनिन् ।

नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले प्रशासनिक र राजनीतिक संघीयताको विषयमा पर्याप्त बहस हुन नसकेको बताए । उनले पछिल्लो समय वित्तीय संघीयतातिर मात्र बहस केन्दित भएको धारणा राखे ।

 

‘पछिल्लो समय बहस वित्तीय संघीयतातिर केन्द्रित भएको देखिन्छ । स्थानीय तह होस् कि प्रदेश, हामीलाई बजेट आएन भन्नेतिर मात्र केन्द्रित भएको छ, राजनीतिक संघीयतामा पनि केही कुरा भएको छ । तर प्रशासनिक संघीयतातिर राम्रोसँग बहस हुन सकेको छैन,’ उनले भने ।

आफ्नो अधिकार कसरी प्रयोग गर्ने भन्नेमा प्रदेश र स्थानीय सरकार ढुलमुल रहेको उनले बताए ।

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले संघीयताको सन्तुलित कार्यान्वयन नभएको गुनासो गरिन् । उनले मधेश प्रदेश बजेट र व्यवहारमा सधैं विभेदमा पर्ने गरेको बताइन् ।

‘हामी राष्ट्रिय गान गाउँदा सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्छौं तर मधेश प्रदेश सधैं विभेदमा पर्छ,’ उनले भनिन्, ‘सबैभन्दा बढी जनसंख्या र मिश्रित समुदाय भएको प्रदेश पनि यही हो ।’

उनले एनपीएलको सवालमा भएको विभेदबारे पनि गुनासो गरिन् । संघीयताले जनतालाई सुशासन र नैतिकताको अनुभूति नगराएको उनले गुनासो गरिन् । ‘तर संघीयताले सुशासन र नैतिकताको अनुभूति नभएको मलाई महसुस भइरहेको छ,’ उनले प्रश्न गरिन्, ‘संघीयता त हामीले ल्यायौं । तर सुशासन र नैतिकताको अनुभूति दिएको छ त रु’

कांग्रेसका सांसद पदमबहादुर परियारले राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी रहेको बताए । उनले सरकारले बजेट तथा कार्यक्रम ल्याउँदा प्रतिनिधि सभाले पास नगरी राष्ट्रिय सभामा छलफल गराउनसके केही हदसम्म गरिमा बढ्ने बताए ।

सांसदहरूले पर्याप्त कानुन र विज्ञताको अभावले आफ्नो अधिकारको प्रयोग गर्न नपाएको गुनासो गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group