ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू


एबीसी न्यूज

काठमाडौं ९ पुस । प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको बहसमा केन्द्रित हुन खोजेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएका थिए ।

तर, पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन सकेको छैन । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर बहसमा केन्द्रित भएका हुन् ।

नेताहरूका अनुसार कांग्रेस र एमालेले बेग्लाबेग्लै कार्यदल बनाउन लागेका छन् ।

दुई दलबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय उल्लेख छ । त्यसअनुसार औपचारिक रूपमा संविधान संशोधनको गृहकार्य अगाडि बढाउन सत्तारूढ दलले छुट्टाछुट्टै संयन्त्र बनाउन लागेका हुन् ।

 

गत आइतबार काठमाडौं महानगरपालिका(३० को वडा सम्मेलनलाईमा कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले संविधान संशोधनका लागि संयन्त्र बनाएर काम सुरु गर्ने बताएका थिए ।

‘संविधान संशोधनको बहस प्रारम्भ भएको छ । यसका लागि कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछन्,’ महामन्त्री थापाले भनेका थिए । महामन्त्री थापाका अनुसार सुरुमा सत्तारूढ दलका बीचमा संविधान संशोधन गर्न सक्ने विषयमा समझदारी कायम गर्ने र त्यसपछि अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने तयारी छ ।

सत्तारुढ कांग्रेस र एमालेले संयन्त्र बनाएर संविधान संशोधनको गृहकार्य अगाडि बढाउन खोजिरहेका बेला विपक्षी दलहरूले भने छलफल अगाडि बढाइसकेका छन् ।

नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरिसकेको छ । २ पुसमा सम्पन्न पार्टीको स्याथी कमिटीको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य छन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा पार्टीका एजेन्डा के(के हुन् भनेर तय गरिसकेको छ । माओवादीका महासचिव देव गुरुङका अनुसार २१ पुसमा बस्ने केन्द्रीय समिति बैठकले औपचारिक रूपमै संविधान संशोधनका एजेन्डालाई पार्टीले सार्वजनिक गर्नेछ ।

महासचिव गुरुङका अनुसार यसअघिको पदाधिकारी र स्थायी समिति बैठकले संविधान संशोधनका लागि मुख्य तीन वटा एजेन्डा अगाडि बढाउने तय गरेको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाउने विषय छन् । यी विषय माओवादीले संविधान जारी हुँदै पनि राखेको थियो ।

त्यसबेला कांग्रेस र एमालेले यी एजेन्डामा सहमति जनाएका थिएनन् । कांग्रेस र एमालेको सहमतिबिना यी विषय अघि बढ्न नसक्ने भएपछि माओवादीले यी तीनवटै एजेन्डालाई संविधानमा ‘नोट अफ डिसेन्ट’ का रूपमा राखेको थियो ।

कांग्रेस र एमालेले संविधान संशोधनको विषय अगाडि सारेपछि माओवादी केन्द्रले संविधान जारी हुँदा ‘नोट अफ डिसेन्ट’ का रूपमा राखेका मुद्दालाई पुनः अगाडि सारेको हो ।

माओवादी केन्द्रको २१ पुसमा केन्द्रीय समिति बैठक बस्दै छ । जहाँ संविधान संशोधनको अन्य विषयमा समेत छलफल हुने नेताहरू बताउँछन् ।

महासचिव गुरुङ आफूहरू सरकारलाई सहज हुने गरी प्रस्तुत हुने बताउँछन् । निर्वाचन प्रणाली महँगो लागे पूर्ण समानुपातिकमा जाऔं भन्ने आफूहरूको प्रस्ताव रहेको सुनाउँछन् । राजनीतिक स्थिरता चाहिए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरूपमा जानुपर्ने माओवादीको प्रस्ताव छ । संसद् बाहिरबाट मन्त्री बनाए सांसद विधि निर्माणमै लाग्छन् र विधि निर्माणको कामले पनि रफ्तार लिन्छ र मुलुकले समग्रतामा गति लिन्छ भन्ने आफूहरूको बुझाइ रहेको उनी सुनाउँछन् ।

संविधानले केही संवैधानिक आयोगको काम कारबाही पुनरावलोकनबाहेक अन्य विषय कति समयमा परिमार्जन हुने भनेर यकिन गरेको छैन । १० वर्षमा संवैधानिक आयोगको काम मूल्यांकनको समयसीमा तोकेको छ । यसैलाई प्रमुख आधार बनाएर दलहरूले संविधान संशोधनको गृहकार्य अगाडि बढाएका हुन् ।

संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने कांग्रेस र एमालेको सार्वजनिक अभिव्यक्ति छ । तर, संशोधनको विषयवस्तु भने सत्तारुढ दलहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com