ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी


एबीसी न्यूज

काठमाडौं ७ पुस । सरकारले चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ९२ अर्ब रुपैयाँ ऋण लिएको छ।  चालू आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म ५८ अर्ब ३१ करोड थप भएको हो।

सरकारले मंसिर मसान्तसम्म १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ। ५ महिनामा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अब सरकारले २४ खर्ब ९२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ। ५ महिनामा ३५।१५ प्रतिशत ऋण उठाएको छ। यसमा आन्तरिक ऋण लक्ष्यको ४९।७० प्रतिशत उठाइसकेको छ भने वैदेशिक ऋण १३ प्रतिशत मात्रै प्राप्त गरेको छ।

चालू आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ३ अर्ब बजेट विनियोजन भएकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड भुक्तानी भएको छ। वार्षिक बजेट विनियोजनको आधारमा ४२।३५ प्रतिशत हो। बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ।

आन्तरिक ऋण भुक्तानी ३ खर्ब ३६ अर्ब रुपैयाँ बजेटमा उल्लेख गरिएकोमा मंसिर मसान्तसम्म खर्च १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। बाँकी १ खर्ब ८७ अर्ब रुपैयाँ बाँकी छ।

यसमा सावाँ तिर्नको लागि २ खर्ब ४५ अर्ब रुपैयाँ छुट्टाइएकोमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ। ब्याज भुक्तानीमा ९१ अर्ब रुपैयाँ छुट्टाइएको छ। जसमा २० अर्ब रुपैयाँ ब्याज भुक्तानी गरेको छ। जुन बजेटको ३१।७६ प्रतिशत खर्च भएको छ।

बाह्य ऋण भुक्तानीमा ६५ अर्ब ८९ करोड रुपैयाँ छुट्टाइएकोमा २० अर्ब ९३ करोड रुपैयाँ छ। बैदेशिक ऋणको सावाँ भुक्तानी ५३ अर्ब ९४ करोड छुट्टाएकोमा १७ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।

बाह्य ब्याज भुक्तानी ११ अर्ब ९५ करोड छुट्याएकोमा ३ अर्ब ६१ करोड रुपैयाँ छ।

कुल सावाँ खर्चको लागि २ खर्ब ९९ अर्ब रुपैयाँ छुट्याएकोमा १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ। ५ महिनामा जम्मा ब्याज तिर्न १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएकोमा २६ अर्ब रुपैयाँ तिरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com