ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीलाई रवि लामिछानेले बदनाम गराए- मन्त्री श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं ७ पुस ।   बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीलाई बदनाम गराएको अरोप लगाएका छन्। अनामनगरस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले लमिछानेलगायतले सहकारीको मूल्य मान्यताविपरीत कम्पनीमा ऋण लगेर सहकारीलाई बदनाम गराएको आरोप लगाएका हुन्।

मन्त्री श्रेष्ठले सहकारीको पैसा कम्पनीमा लान नमिल्नेमा रवि लामिछानेहरुले कानुनविपरीत सहकारीको पैसा कम्पनीमा लगेर अहिलेको अवस्था आएको धारणा राखे। सहकारीको पैसा सेयर सदस्यबीच मात्र प्रयोग गर्नु पर्नेमा सहकारीको मूल्य मान्यताविपरीत कम्पनीको नाममा ऋण लगानी गरिएको र लगिएको उनको भनाइ छ।

सहकारीको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ। सरकारसँगको सहकार्यमा वडामा सहकारीका माध्यमबाट महिला र युवालाई जोडेर उद्यमशिलताको विकास गरिने उनले बताए। मन्त्री श्रेष्ठले यस्तो अवस्थामा पनि देउराली सहकारीले नाफा कमाउनु र लाभांस दिनु ठूलो कुरा भएको तर्क गरे। सहकारी संस्थाको सुधार र समस्या समाधानका लागि बागमती प्रदेश सरकारले तत्काल कदम चाल्ने मन्त्री श्रेष्ठको भनाइ छ।

बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री एवं प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले राम्रा सहकारीप्रति हेर्ने दृष्टिकोण पनि रवि लामिछानेहरुका कारण फेरिएको बताए। सहकारी ठग्नेहरुलाई कारबाहीको दायरामा ल्याएर सहकारीमा बचत गर्नेको पैसा पनि फिर्ता दिनुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए। धेरै बचतकर्ताको पैसा सहकारीमा फसेको छ। ‘मसँग समेत धेरै व्यक्तिले सहकारीबाट बचत फिर्ता गराइदिनु पऱ्यो भनेर सहयोग माग्न आउँछन्। त्यसैले बचतकर्ताको पैसा फिर्ता दिने गरी सरकारले कदम चाल्नुपर्छ।’, सांसद श्रेष्ठले भने।
सहकारीप्रति नकारात्मक अवस्था आउँदा पनि काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेको देउराली सहकारी तथा ऋण सहकारी संस्थाले राम्रो काम गरेको भन्दै उनले उक्त संस्थाको सेयर समेत लिएका छन्।

बैङ्किङ तथा सहकारीविद् महेन्द्र कर्माचार्यले सहकारीमा समस्या छ भनेर बचत फिर्ता गर्ने प्रवृत्ति बढे सहकारी संस्था डुब्ने बताए। उनले देउराली सहकारीको अवस्था अत्यन्तै राम्रो हुनुमा सञ्चालक समितिमा राम्रा र इमानदार व्यक्तिले गर्दा भएको सुनाए।
देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रक्षबहादुर रैका मगरले देउराली सहकारी संस्थाले यस्तो अवस्थामा पनि लगानीकर्तालाई प्रतिफल दिने अवस्थामा आफूहरु रहेको बताए। देउराली सहकारीले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानका लागि काम गरिरहेको जानकारी दिए।

‘नेपालको राष्ट्रिय अर्थतन्त्रको ३ खम्बे अर्थनीति अन्तर्गत सहकारीलाई एउटा बलियो खम्बाका रूपमा स्वीकार गर्ने संवैधानिक व्यवस्था भएता पनि फितलो कानुन, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव र सहकारी संस्थाहरुमा नियामक निकायबाट नियमित नियमनको अभाव रहेको छ’ अध्यक्ष रैकाले भने, ‘यसले गर्दा केही व्यक्तिले गलत फाइदा उठाउँदै सहकारीको ऋण तिर्न पर्दैन भन्ने भ्रम आम नागरिकमा फैलिएको, केही सहकारी संस्थामा सञ्चालकहरुको गलत क्रियाकलापका कारण बजारमा सहकारीप्रति नकारात्मक धारणा रहेको पाइन्छ। यसलाई देउराली सहकारीले गलत साबित गरेको छ।’,

देउराली सहकारीले वर्षमा दुईपटक रक्तदान, निःशुल्क दन्त शिविर र निःशुल्क आँखा तथा स्वास्थ्य शिविर आयोजना गरेको सुनाउँदै अध्यक्ष रैकाले उक्त अवसरमा करिब ५ सयले सेवा लिएको बताए।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु समाजसेवी ओम उप्रेती, वरिष्ठ अधिवक्ता गुरुभक्त निरौला, हरिश्चन्द्र सुवेदी, रमेश रोक्का, अधिवक्ता शेरबहादुर रैकालगायतले यस्तो अवस्थामा देउराली सहकारीले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com