ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनौटमा नेपालको लगातार तेस्रो हार


admin

काठमाडौं, २७ फागुन । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको मद्दतमा निर्धारित ५० ओभरमा एक बलअगाडि अलआउट हुँदै १९४ रन जोडेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३, २३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले सवार्धिक ४, कप्तान रसिद खानले ३ तथा शापूर जर्दानले २ विकेट लिए । जवाफमा १९५ रनको चुनौती अफगानिस्तानले ३९औं ओभरमा ४ विकेट गुमाउँदै पूरा र्गयो । अफगानिस्तानका नाजिबुल्लाह जर्दान ५२ रनमा अविजित रहे ।

रहमत शाहले ४६, मोहम्मद नाबीले ३४ रन बनाएको अफगानी इनिङ्समा जावेद अहमदले २६ तथा कप्तान रसिद खानले २१ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र सन्दीप लामिछानेले समान १, १ विकेट लिए । समूह चरणमा यसअघि खेलेको तीनओटै खेलमा पराजित अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई पराजित गरेसँगै ‘सुपर सिक्स’ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

लगातार तेस्रो हार व्यहोरेसँगै नेपालको भने सुपरसिक्स चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ । नेपाल पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ११६ रनले तथा दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । समूहको अन्तिम खेलमा हङकङलाई पराजित गरे पनि नेटरनरेट निकै कमजोर भएका कारण नेपालको सम्भावना लगभग सकिएको हो । नेपालले समूहको अन्तिम खेलमा सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com