ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती


एबीसी न्यूज

काठमाडौं २८ मंसिर । नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ।

बसिर अहमदको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले १८१ रन बनाएको हो। जारी नेपाल प्रिमियर लिगमा यो तेस्रो ठूलो लक्ष्य प्रस्तुत हो।

यसअघि विराटनगरविरुद्ध लुम्बिनीले १९२ र सुदूरपश्चमले विराटनगरलाई नै १८३ रनको लक्ष्य दिएको थियो ।

शुक्रबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो।

सुरुमै ४ विकेट गुमाएपछि ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।

पाचौँ विकेटका लागि मार्टिन गप्टिल र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए।

विराटनगर एक समय ६।२ ओभरमा ४–३३ को अवस्थामा थियो।

ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टिल कुशल मल्लको बलमा बोल्ड आउट भए।

चितवनविरुद्ध विराटनगरका गप्टील र बसिरसँगै राजेश पुलामी मात्र चम्किए। राजेश ३३ रन र बसिर ६८ रनमा नटआउट रहे। राजेशले एक चौका र तीन छक्का प्रहार गरे।

लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए। रिजन ढकालको बलमा ४ रन बनाउँदा दिपक बोहोरा पनि बोल्ड हुन पुगे।

निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे।

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट हात पारे।

हाजको खेल जिते चितवनको प्लेअफ सम्भावना बढ्ने छ। तर विराटनगरले जिते चितवनको पनि सम्भावना कमजोर हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com