ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२४ पनि पत्रकारका लागि दुःखद, कामको सिलसिलामा ६८ जना मारिए


एबीसी न्यूज

काठमाडौं २८ मंसिर । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन ९युनेस्को०ले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म ६८ पत्रकारहरुले कामकै क्रममा ज्यान गुमाउनु परेको छ ।

पत्रकार र मिडियाकर्मीको हत्याको मामिला ६० प्रतिशत यस्तो देशमा भएको छ जहाँ युद्ध जारी छ । पछिल्लो एक दशकयता पत्रकारहरुको ज्यान गएको यो सबैभन्दा बढी हो । सन् २०२३ पनि पत्रकारहरुका लागि सुखद थिएन ।

युनेस्कोकी महानिर्देशक आन्द्रे अजुले भनेकी छन्, ‘टकराव, युद्ध र संकटबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्नु र विश्वसनीय जानकारी दिँदै जागरुक गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । तर त्यही कामको सिलसिलामा पत्रकारहरु मारिनु निकै दुःखद छ । म सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछु ।’

युनेस्कोको रिपोर्टका अनुसार यस वर्ष युद्धग्रस्त क्षेत्रमामात्रै ४२ पत्रकार मारिएका छन् । प्यालेस्टाइनमा सबैभन्दा धेरै १८ जना पत्रकार मारिएका छन् । त्यसपछि युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पनि पत्रकारहरु मारिएका छन् । यसबाट हिंसा र अस्थीर क्षेत्रमा जोखिम बढेको भनेर बुझ्नुपर्ने युनेस्कोले जनाएको छ ।

सन् २०२३ मा पनि यस्तै खालको दुःखद अवस्था थियो । युनेस्कोले भनेको छ, ‘यी दुई वर्ष ९२०२३ र २०२४० मा टकराव र युद्धग्रस्त क्षेत्रमा सबैभन्दा धेरै पत्रकारहरुको मृत्यु भएको छ, जुन २०१६ र २०१७ यताकै सबैभन्दा धेरै हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सम्बन्धित

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ :राजन भट्टराई

देउवा पक्षले आयोगमा बुझायो ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण

रविविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

अमेरिकी साम्राज्यवाद र नेपालका कथित जेन–जी अगुवा

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com