काठमाडौं २८ मंसिर । सरकारले श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको छ।।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै श्रीलंकाको राजदूतमा सिफारिस नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन अनुरोध गरेको छ।
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ।







प्रतिक्रिया दिनुहोस्