काठमाडौं २८ मंसिर । नेकपा माओवादी केन्द्र को स्थायी समिति बैठक आज बस्दैछ। बिहीबार स्थगन गरिएको बैठक आज बस्न लागेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारण हिजोको बैठक आजका लागि सारिएको हो।
बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफलका लागि माओवादीले स्थायी समिति बैठक बोलाइएको हो।
माओवादीले स्थायी समिति बैठकबाट पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने तयारी गरेको छ। आजको बैठकमा यस विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्