ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकार उल्लंघनको आरोपमा चिनियाँ र रूसी कम्पनीमाथि अमेरिकी प्रतिबन्ध


एबीसी न्यूज
मंसिर २६, २०८१ बुधबार   ३ : ५७   बजे

काठमाडौं २६ मंसिर । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गरिरहेको आरोप लगाइएको छ ।

यी व्यवसायहरूलाई अमेरिकाले आफ्नो प्रतिबन्धको सूचिमा थपेको छ । सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूलाई तिनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

‘मानव अधिकार हनन संयुक्त राज्य अमेरिकाको विदेश नीतिको हित विपरीत छ’, उद्योग र सुरक्षाका लागि वाणिज्य उपमन्त्री एलन एस्टेवेजले विज्ञप्तिमा भनेका छन्, ‘यी कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा थप्नुको उद्देश्य अमेरिकी प्रविधि मानव अधिकार उल्लङ्घन र दुर्व्यवहारका लागि प्रयोग गरिएको छैन भनेर सुनिश्चित गर्नु हो ।’

अमेरिकी सरकार र अन्य पश्चिमी देशका कानुन निर्माताहरूले उत्तर–पश्चिमी सिन्जियाङ क्षेत्रमा उइगुर अल्पसङ्ख्यकहरूप्रति चीनले गरेको व्यवहारप्रति प्रश्न उठाउँदै आएका छन् ।

अधिकार समूहहरूले कम्तिमा १० लाख मानिस खासगरी मुस्लिम अल्पसङ्ख्यकका सदस्यहरू यस क्षेत्रमा कैद गरिएको र विभिन्न दुर्व्यवहारको सामना गरेको बताएका छ । यद्यपि बेइजिङले ती आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।

मङ्गलबारका अन्य लक्षित कम्पनीमा म्यानमाका दुई र रुसका अर्को दुई कम्पनीहरू पर्दछन् । ती कम्पनीले म्यानमाको सेनालाई नागरिकहरूविरुद्ध हवाई आक्रमण जस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Auto Draft

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group