ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि पुस ५ गतेसम्म काठमाण्डौका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने


एबीसी न्यूज

काठमाडौं २६ मंसिर ।    काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि आउँदो पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसबाट बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । भोलि बिहीवार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै पर्सि शुक्रवार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिवार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रमा विजुलीको तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो । तर मौसम प्रतिकूल रहे सटडाउन नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com