ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियाहरुले माओवादी सिद्धियो भनेर लेखे तर उपनिर्वाचनमा पहिलो भइयो- अध्यक्ष दाहाल


एबीसी न्यूज

काठमाडौं २५ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट हट्दै गर्दा आफूलाई केही मिडियाले खुबै लखेटेको आरोप लगाएका छन् । मंगलबार दिउँसो भरतपुर चौबिसकोठीमा भएको खबरदारीसभामा बोल्दै उनले भने, ‘प्रधानमन्त्री छोड्दै गर्दा मलाई खुब लखेटियो मिडियाहरुमा,’ उनले थपे, ‘सप्पै मिडियामा हैन है फेरि यहाँ मिडियाकर्मी रिसाउनु होला ।

ठूला भनिएका घरानावालाहरुले प्रचण्डको युग सकियो, प्रचण्डको अवसान भयो, अब प्रचण्ड फेरि कहिल्यै उभिन सक्दैन भनेर लेखे । तपाईंहरुले हेर्नु भएकै होला ।’

माओवादी सिद्धियो भनेर निकै भने पनि हालै सम्पन्न पालिकाहरुको उपचुनावको नतिजाले आफ्नो पार्टी पहिलो भएको उनले दाबी गरे । ‘हुन त दोस्रो भएको हो भन्ने भाष्य बनाइएको छ तर पहिलो भएको हो,’ उनले भने ।

चितवन–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का केन्द्रीय सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि दाहाल दोस्रो पटक चितवन आएका हुन् । रवि समातिएको भोलिपल्टै कात्तिक ३ मा भरतपुर–१३ चम्पानगरमा आयोजित सभामा बोल्दा दाहालले रविबारे केही पनि बोलेका थिएनन् । मंगलबार उनले रविको पक्षमा लामै समय खर्चिए । यो बीचमा प्रहरीले रवि लामिछानेलाई बयानका लागि अघिल्लो मंगलबार भरतपुर ल्याएर दुई दिनको बयानपछि मध्यरातमा पोखरा फर्काएको थियो । मध्यरातमा लामिछानेलाई भरतपुरबाट पोखरा लगेको विषयमा अहिले सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालादेखि प्रतिपक्षका विभिन्न नेताहरुले विरोध गरिरहेका छन् । दाहालले लामिछानेसँग सरकार तर्सेको टिप्पणी गरे ।

उनले सरकार र सरकारमा सामेल पार्टीका नेताहरुलाई रवि लामिछानेलाई हिरासतमा किन राख्नु पर्‍यो, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि, जे जे जाँच गर्नु छ गरे हुन्छ नि भनेको पनि बताए । ‘त्यो रवि लामिछानेसँग यति धेरै तर्सनु पर्ने, भनेपछि कांग्रेस(एमाले कति कमजोर रहेछन्,’ दाहालले भने । सरकारले यी विषयमा अझै ज्यादती, अझै अत्याचार गरिराख्छ भने दलहरुले सदन र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

‘वैधानिक रुपले संसद्‌को विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ सुरु गर्ने छौं । हाम्रो खबरदारीबाट सरकारले चेतेन, भ्रष्टाचारीलाई बचाउने र निर्दोषलाई फसाउने काममा लागे सबै विपक्षी र सत्तापक्षको एउटा ठूलो पक्षसहित काठमाडौंमा लाखौं जनताको विरोध प्रदर्शन गर्ने छौं,’ दाहालले भने ।

उनले चीन सरकारसँग गत वर्ष नै आफूले गरेका सहमतिलाई फोटोकपी गरेर केपी ओलीले मैले गरेको हुँ भनेर प्रचार गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com