ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर


admin
फाल्गुन २६, २०७४ शनिबार   २ : ४५   बजे

काठमाडौँ, २६ फागुन । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ । 

पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मीलगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो ।

चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्र पञ्चायत हेरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “चलचित्रले त्यति बेलाको सामाजिक सांस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।”उहाँले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिनुभयो ।

अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गर्नुभयो । ‘चलचित्रमा समाजको यथार्थ प्रतिविम्ब छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भन्नुभयो ।

पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको उल्लेख गर्नुभयो ।

पूर्व ऊर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्माले पुरानो भए पनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।”

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथि पनि ग्रामीण भेगको थुप्रै घटना चलचित्रमा उद्घाटित भएको प्रतिक्रिया दिनुभयो । चलचित्र सशक्त बनेको उल्लेख गर्नुहुँदै भट्टराईले निर्माण समूहलाई बधाई दिनुभयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले शक्तिशाली विषयवस्तुमा चलचित्र पञ्चायत बनेको भन्दै प्रसशां गर्नुभयो । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन भन्ने सन्देश दिन खोजेको आफूले पाएको रिजालको भनाइ थियो ।

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योगमन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेत्री उमा रेग्मी, प्रहरी अधिकारी सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेतलगायत कलाकार र पत्रकारको सहभागिता थियो ।

गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुनुहुन्छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शीर्ष नेताबाट तारिफ पाएकाले सही चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिनुभयो ।
खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । उक्त चलचित्रले अमेरिकामा २१७ चलचित्रमध्ये उत्कृष्ट अवार्ड पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group