ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखरलाई नेताहरूको सुझाव, तपाइको असन्तुष्टि भए पार्टी बैठकमा राख्नुस् बाहिर होइन


एबीसी न्यूज

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका नेताहरूले संस्थापनइतरका नेता डा। शेखर कोइरालालाई असन्तुष्टि भए पार्टी संयन्त्रमा राख्न र सार्वजनिक रुपमा नबोल्न सुझाव दिएका छन् ।

सोमबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको औपचारिक फोरममा आफ्ना धारणा नराखेर सार्वजनिक रुपमा राखेको भन्दै नेताहरूले कोइरालाप्रति असन्तुष्टि व्यक्त गरे ।

मतभिन्नता भए पार्टी बैठकमा राख्नुपर्ने तर बाहिर बोल्न नहुने विचार नेताहरूले राखेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

‘व्यक्तिगत असन्तुष्टि, सन्तुष्टी भन्दा पनि पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि असन्तुष्टीको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी गराउँदै महतले भने, ‘असन्तुष्टिको विषय बाहिर राख्नु हुँदैन र संस्थागत तरिकाले नै मत राख्नुपर्छ ।’

 

कांग्रेसभित्रको मतभिन्नता ठूलो रहेछ भन्नेसमेत पर्नेगरी सार्वजनिक रुपमा बोल्न नहुने विषय नेताहरूले बैठकमा राखेको महतले सुनाए ।

बैठकमा सहभागी एक नेताका अनुसार, कार्यसम्पादन समिति सदस्य जीपछिरिङ लामाले शेखरले बाहिर बोलेको विषयबारे असन्तुष्टि पोखेका थिए । लामासहित अन्य केही सदस्यले पनि शेखरबारे असन्तुष्टि राखेका थिए । यद्यपि शेखरले भने बैठकमा केही नबोलेको ती सदस्यले अनलाइनखबरलाई बताए ।

नेता कोइराला पक्षले १८ मंसिरमा कोशीका पालिका सभापतिहरू भेला गरेका थिए । सो विषय विवादित बनेपछि पार्टीभित्रबाटै विरोध पनि भएको थियो ।

लगत्तै, २२ मंसिरमा भएको पार्टीको प्रथम कोशी सम्मेलनमा मर्यादाक्रम असन्तुष्टी जनाउँदै नेता कोइरालाले कार्यक्रम बहिष्कार गरेका थिए ।

मञ्चमा सभापति शेरबहादुर देउवा पछिको मर्यादाक्रम आफूले पाउनुपर्ने कोइरालाको माग थियो ।

प्रदेश समितिले पार्टीको केन्द्रीय वरियता अनुसार मर्यादाक्रम निर्धारण गरेको थियो । केन्द्रीय मर्यादाक्रममा उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।

सम्मेलन बहिष्कार गरेर त्यस दिन कोइराला चितवनमा आयोजित दुईवटा शोकसभामा सहभागी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com