ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब मौसमको कारण भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   १ : २८   बजे

काठमाडौं २४ मंसिर । बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।

‘भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री, इँटा उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन्,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् । त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् ।’ उनका अनुसार प्राधिकरणले उडान स्थगन गर्न अनुमति दिइसकेको छैन ।

‘खासमा विदेशी वायुसेवाले पनि उडान स्थगन गर्न चाहेका छैनन् । किनकी बजारको लय बिग्रिन्छ । यत्रो लगानी तथा प्रचार भइसकेको छ । तर उनीहरू केही समयका लागि उडान स्थगन गर्न अपिल गरिरहेको छन । प्राधिकरणले निर्णय गरिसकेको छैन । उनीहरूलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ,’ सहप्रवक्ता भुलले भने ।

अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच ९रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन०प्रणाली लागू गर्दै छ । यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् ।

प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । यी वायुसेवाले जवाफ दिएका छैनन् । भैरहवामा एक महिनाको अवधिमा फ्लाई दुबईले ५०, जजिराले २२, कतारले ३८, नेपाल वायुसेवा निगमले २४ र थाई एयर एसियाले १० वटा उडान गरेका थिए । बुधबारसम्मको तथ्यांक अनुसार यो अवधिमा अन्तर्राष्ट्रिय तर्फ ४७ सय ७१ यात्रु आवागमन भएको थियो । कतार एयरवेजले यी तीन वायुसेवा भन्दाअघि मंसिर १५ पछि यात्रुको अभाव देखाउँदै उडान रोकिसकेको छ । यस्ले कार्तिक २७ देखि भैरहवामा उडान थालेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group