ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित रुसको शरणमा


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   ७ : ४६   बजे

काठमाडौं २४ मंसिर । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुग्नुभएको छ । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सञ्चार माध्यमले दाबी गरेको हो ।

विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेको बीबीसीले जनाएको छ । मस्को पुगेका असद र उहाँको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ ।

रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ ।

यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरुसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्नसमेत आह्वान गरेको छ । यसका लागि आफू मध्यस्तकर्ताको भूमिका खेल्न र मस्कोमै तयारी गर्न सहयोग गर्ने रुसको भनाइ छ ।

यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गर्दै केही खतराको आशङ्का पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group