ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकासको नमुना हो- प्रधानमन्त्री


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार   ५ : ४२   बजे

काठमाडौं २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई नयाँ तरिकाको विकासको नमुना भनेका छन्।

एक सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए।

विश्वका अन्य मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे।

यसअघि सहकारी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले यो टावर माइलस्टोन सावित हुने दाबी गरेका थिए। देश(विदेशका पर्यटकका लागि यो प्रमुख पर्यटकीय आकर्षण बन्ने विश्वास पनि उनले व्यक्त गरेका थिए।

सिग्देलका अनुसार, मुख्य बजार क्षेत्रवाट केबल ४ किलोमिटर टाढा र पूर्व(पश्चिम राजमार्गवाट उत्तरतर्फ १० मिनेटको ड्राइभमा पुग्न सकिने दमक नगरपालिकाको वडा नं ३, दापगाछीमा अवस्थित यस टावरले ४ बिघा १६ कट्ठा क्षेत्रफल ओगटेको छ।

‘यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई र समग्र कोसी प्रदेशलाई घरेलु र विदेशी
पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो,’ उनले भने, ‘यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्यकमहरू एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको छ। साथै दृश्यावलोकन समेतको प्रावधान राखी बनाइएको छ, जसले हाम्रो भूदृश्यको सुन्दर दृश्यहरू हेर्नको लागि एक उत्कृष्ट बिन्दु सावित हुनेछ। यस टावरले हाम्रो सहरको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ, पर्यटकहरूलाई आकर्षित गर्नेछ।’

उनले दिएको जानकारी अनुसार, यस टावर परिसरलाई विभिन्न भूउपयोग क्षेत्रहरूमा विभाजन गरिएको छ, जसमा पैदल मार्ग, प्रवेश मार्ग, प्लाजा, टावर, मनोरञ्जनात्मक बगैँचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैँचा छन्। यसको बेसमेन्ट पार्किङमा ४० वटा चारपांग्रे र २०० वटा दुईपांग्रे सवारी साधन अट्न सक्नेछन्। कम्प्लेक्सको कुल निर्मित क्षेत्रफल १५ हजार ६११ वर्ग मिटर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group