ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युयोर्कको मुख्य केन्द्र म्यानहट्टनमा एकाविहानै गोली प्रहार, प्रभाशाली स्वास्थ्य कार्यकारीको हत्या


एबीसी न्यूज
मंसिर २०, २०८१ बिहीबार  ६ : १९ बजे

 

काठमाडौं २० मंसिर । युनाइटेडहेल्थ ग्को वार्षिक लगानीकर्ता एक बैठकका क्रममा बिहानको खाजा पछि करिब ८ बजे, लगानीकर्ता, कार्यकारीहरू, र वाल स्ट्रीटका विश्लेषकहरूको स म्यानहट्टनको मिडटाउनस्थित हिल्टन होटलको तेस्रो तलाको हलमा प्रवेश गर्दा नगर्दै आयोजक एक उच्च कार्यकारीको गोली प्रहारबाट हत्या भएको छ ।

 

युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसन बिहानको ६ः४४ बजे, हिल्टन होटलको प्रवेशद्वारबाट केही कदम मात्रै टाढा रहेका बेला एक आक्रमणकारीले उनीमाथि गोली वषाएका थिए । हत्याराले कालो हुडी र खरानी रङको झोला भिरेको पार्क गरिएका गाडीहरूको पछाडिबाट थम्पसनलाई पछ्याउँदै ९–मिलिमिटरको पिस्तोलले गोली दागेको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । आक्रमण लगत्तै थम्पसन ढले भने आक्रमणकारी एक गल्लीतिरबाट इबाइकमा चढेर भागेको न्यूर्योक प्रहरीले जनाएको छ । लगत्तै बिहान ९ बजेतिर, युनाइटेडहेल्थ ग्रुपका सीईओ एन्ड्र्यु विट्टीले कार्यक्रम स्थगित गर्दै भने, “हाम्रो टिमका एक सदस्यसँग गम्भीर चिकित्सा समस्या भएको कारण, आजको कार्यक्रम बन्द गर्नुपर्नेछ।”

उनले भनिन् “म आशा गर्छु तपाईंहरुले बुझ्नुहुनेछ।”

समाचारले पहिले नै भीडमा तरंग ल्याउन थालेको थियो। मोबाईल फोन र ससोसल मिडियामा सक्रिय प्रायः सबैलाई यो चिकित्सा आपत्कालीन स्थिति के हो भन्ने थाहा भइसकेको थियो। एक घण्टाभित्र, धेरै सहभागीहरू हिल्टनको लबीमा लाइन लागेर होटल चेक आउट गरिरहेका थिए, जर्नलले उल्लेख गरेको छ ।

चकित पार्ने घटना
गोलीकाण्ड र डरलाग्दा समाचारहरूमा अभ्यस्त सहरका लागि पनि, सूर्योदयअघि नै एक शीर्ष कार्यकारीको हत्या चकित पार्ने घटना थियो। यो घटना हलिडे सिजनको चहलपहलबीच, मिडटाउन म्यानहट्टनमा पर्यटकहरूले स्टोरका झ्याल सजावट हेर्दै, रेडियो सिटी म्युजिक हलमा रकेट्सको शो हेर्ने समयमा भएको थियो।

रकफेलर सेन्टरको क्रिसमस ट्री बुधबार राति उज्यालो पार्ने तयारीमा थियो। हिल्टन होटलबाट केही ब्लक टाढा रहेको स्केटिङ रिंक वरपर बिहानैदेखि भीड जम्मा भएको थियो, जहाँ टेलिभिजन कार्यक्रमको रिहर्सल भइरहेको थियो। तर, केही दूरीमै पहेंलो टेप र धातुको बार पछाडि, अर्को भीड अनुसन्धानकर्ताहरूलाई अपराध स्थलमा प्रमाण खोज्दै गरेको हेरिरहेको थियो।

ब्रायन थम्पसन, जसलाई एक परिचितले “क्लासिक मिडवेस्टर्न कार्यकारी जस्तो“ व्यक्ति भनिएको थियो । कम्पनीको वार्षिक लगानीकर्ता सम्मेलनको लागि मिनेसोटाबाट आएका थिए। उनीँ सोमबारदेखि होटलको अर्को छेउमा बसिसरहेका थिए । ।स्वास्थ्य सेवा क्षेत्रमा धेरैले मित्र र सहकर्मीको हत्या भएकोमा शोक व्यक्त गरिरहका छन्

थम्पसनकी पत्नी पॉलेटले एनबीसी न्युजलाई भनिन्, “केही धम्कीहरू त आएका थिए।” उनलेँले भनिन्, “मलाई थाहा छैन, कवरेजको कमीको कारण?“

एक उदाउँदो कार्यकारी
थम्पसन, जसका बुबा स्थानीय अन्न भण्डारणमा काम गर्थे, युनाइटेडहेल्थमा उनी उक उदीयमान कार्यकारी मानिन्थे । उनलाई २०२१ मा युनाइटेडहेल्थकेयरको अध्यक्ष नियुक्त गरिएको थियो। उनले पहिले मेडिकेयर र मेडिकेड सम्बन्धित विभागको नेतृत्व गरेका थिए ।

५० वर्षीय थम्पसन विवाहित र उनका दुई छोराहरू छन्।

अघिल्लो वर्ष उनका बुबाको निधन भएको थियो । उनका सहमर्कीहरुले थम्पसनलाई “अद्वितीय रूपमा मिलनसार, विचारशील, र प्रिय व्यक्ति“ भनेर वर्णन स्मरण गरिरहेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com