ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एड असिन्टेन्स फाइनासिङ’ मोडालिटीमा नेपाल–चीनबीच विआरआई सम्झौता हस्ताक्षर


एबीसी न्यूज
मंसिर १९, २०८१ बुधबार   ३ : १५   बजे

 

काठमाडौं १९ मंसिर : नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको छ। ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको बताइएको छ ।

 

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन् । संयुक्त वक्तव्यमा यी दुई विषय नेपालले चीनलाई अनुरोध गरेको छ भन्ने वाक्यांश राखिएको थियो ।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू यस्ता छन्

१, टोखा–छहरे सुरुङमार्ग

२, हिल्सा–सिमकोट सडक परियोजना

३, किमाथांका–खाँदबारी सडक र पुल

४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग

५, डडेलधुरास्थित अमरगढी सिटी हल

६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७, मदन भण्डारी विश्वविद्यालय

८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,

९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क

१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकै चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । नेपालले चीनले अघि बढाएको यो परियोजनमा सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारिक रूपमा अघि बढाउन यसो गरिएको बताइएको छ ।

‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि मंगलबार नेपालका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै हुने भनिएको सससम्झौतामा हस्ताक्षर भएको थिएन ।

‘‘नेपाली पक्षले ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्काएको समाचार सार्वजनिक भएका थिए । तर अन्त्यमा नेपाली पक्ष एड असिन्टेन्स फाइनासिङ’ को प्रस्तावमा सहमत भएको हो ।

चिनियाँ पक्षसँगको सहमतिका लागि भ्रमण दलमा रहेका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाकार र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको तर्फबाट संवाद गरेका थिए । चिनियाँतर्फबाट भने विदेश मन्त्रालयका उच्च अधिकारीहरू सामेल थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group