ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा अपेक्षा अनुरुप परिणाम नआएको शंकर पोख्रेलको स्वीकारोक्ति


एबीसी न्यूज

काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गत आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा एमालेलेलाई तेस्रो भयो भन्दै गरिएको प्रचारबारे आपत्ति जनाएका छन् ।

पोखरेलले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएकाछन् । पोख्रेलले ‘उपचुनावको परिणाम र शिक्षा’ भन्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ’, पोख्रेलले भनेका छन् ।

उनले काठमाडौंसहितकाकेही स्थानमा पार्टीले उल्लेख्य सुधार गरेको तर, स्थानीय कमिटीले आशा गरेअनुसार नतिजा भने नआएको स्वीकार गरेका छन् ।
‘एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन’ उनले भनेका छन् ‘विशेषगरी राजधानी काठमाण्डौमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ’ ।

अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको उनको ब्याख्या छ । यहाँनेर महासचिव पोख्रेलले लेख्छन्, ‘त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।’

उपचुनावको परिणाम र शिक्षा
उपचुनावको परिणाममा नेकपा९एमाले० तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ ।

उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुखरअध्यक्ष र ३ पालिका उपप्रमुखरउपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा नेकपा९माओवादी केन्द्र० ले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए । नेकपा ९एमाले० ले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्दछ ।
चुनावी परिणामका हिसावले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले उसले २ अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ । नेकपा९माओवादी केन्द्रले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेकां संगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यद्यपी कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।

जहाँसम्म नेकपा९एमाले०को परिणामको विषय छ विगतमा जितेका ७ वडाध्यक्षका ठाउमा उसले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको छ । गुमेको २ वडाध्यक्षका ठाउमा १ अध्यक्ष र २ उपाध्यक्ष सहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा एमालेका लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।

तर नेकपा माले० का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाण्डौमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा एमाले० र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।

यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ । नेकपा९एमाले० विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा ९माओवादी केन्द्र० ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो ।साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखियो । जसपाले आफुले जितेको गुमायो । नयाँ ठाउमा चुनाव जित्यो ।

स्वतन्त्रले जितेको ठाउमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउमा स्वतन्त्रले जितेको देखियो । यसवाट जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेकोरगरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com