ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुर नगरपालिकाको मतगणना आजै राति अबेरबाट सुरु हुने


एबीसी न्यूज

काठमाडौं १६ मंसिर । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए ।

नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आउनु पर्‍यो । भण्डारण गर्नुपर्‍यो । सर्वपक्षीय छलफल गर्नुपर्‍यो,’ पौड्यालले भने,‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com