ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोभेम्बरमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पोहोरभन्दा साढे ५ प्रतिशत धेरै


एबीसी न्यूज

काठमाडौं १६ मंसिर ।   हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।

नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार चार सय ५८ सहित एशियाका देशबाट २४ हजार आठ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार एक सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com