ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ सय केभी बाह्रबिसे सबस्टेशनकाे निर्माण धमाधम, आउँदो जेठसम्म काम सकिने


एबीसी न्यूज

काठमाडौं १६ मंसिर ।   सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४ सय केभी क्षमताको सबस्टेशन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन बाह्रबिसे सबस्टेशन निर्माण शुरू गरिएको हो । यही ठाउँमा २२०र१३२ केभी र १३२र११ केभी सबस्टेशन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली जीआईएस० प्रविधिमा आधारित बाह्रबिसे सबस्टेशनका सम्पूर्ण उपकरण निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएपछि उपकरणको जडान शुरू हुनेछ । सबस्टेशनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेशन निर्माण आउँदो जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो शनिवार सबस्टेशन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘४ सय केभी बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली यही सबस्टेशनमा जोडी बाह्रबिसे–खिम्ती ४ सय केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ, हिउँदयाममा खिम्तीतर्फबाट काठमाण्डौ उपत्यकामा थप बिजुली ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप बिजुली पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेशन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रूत गतिमा अगाडि बढाऔँ ।’

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४ सय केभी सबस्टेशन आयोजनाअन्तर्गत तीन वटा सबस्टेशन निर्माणाधीन छन् । तामाकोशी–काठमाण्डौ २ सय २०र४ सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेको नयाँ खिम्ती सबस्टेशनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयवासीको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाण्डौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने १ सय १८ वटा टावरमध्ये १ सय १७ वटाको जग हालिएको छ । १ सय १५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एउटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आउँदो माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाण्डौको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४ सय केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १ सय २२ वटा टावरमध्ये १ सय १८ वटाको जग हालिएको छ । १ सय १७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।

खिम्ती–बाह्रबिसे–काठमाण्डौ हुँदै प्रवाह भएको बिजुलीलाई काठमाण्डौ उपत्यकामा ल्याउन लप्सीफेदी–चाँगुनारायण १ सय ३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयवासीको अवरोधका कारण निर्माण प्रभावित छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० ले निर्माण गर्ने ४ सय केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि लप्सीफेदीबाट बिजुलीलाई नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० भुमहीमा रहेको नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com