ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा दुई हजारभन्दा बढी मत खस्यो


एबीसी न्यूज

काठमाडौं १६ मंसिर । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ ।

यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले अहिलेसम्म यहाँ ३३ प्रतिशत मात्र मत खसेको बताउनुभयो ।

भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुई रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी नौ वटा मतदानस्थल छन् ।

यी सबै मतदानस्थलमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सात हजार चार सय साठी मतदाता छन् ।

उहाँले यस स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं एकमा एक हजार सात सय २६, वडा नं २ मा एक हजार ३३८, वडा नं ३ मा दुई हजार ७३, वडा नं ४ मा एक हजार ४१५, वडा नं ५ मा नौ सय आठ गरी सात हजार ४६० मतदाता रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी जुकोट मतदानस्थलमा मत खसेको छ । यहाँ तीन सयभन्दा बढी मत खसिसकेको प्रमुख महतले बताउनभुयो ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

जसमा नेकपा ९एमाले०बाट सुलोचना बुढा, नेपाली कांग्रेसबाट पुल्लीसरा शाही, नेकपा ९ एकीकृत समावादी०बाट जवा शाही प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com