ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित – प्रदीप ज्ञवली


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको कार्यान्वयन ढाँचाबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताएका हुन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको टिप्पणी गरे।

उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे।

उपमहासचिव ज्ञवालीले भने, ‘हामीले लिने नीतिहरूले अरू छिमेकी वा अन्य देशको आधारभूत हितलाई चुनौती खडा नगरुन्जेल अरूले चासो राख्नु उचित पनि होइन। र, चासो राख्नुभयो भने सरी यो हाम्रो द्विपक्षीय मामिला हो है, तपाईंहरूले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईंहरूका विरुद्ध प्रयोग हुन दिँदैनौँ, हाम्रा कुनै पनि पोलिसीले तपाईंहरूलाई अफ्ठ्यारो पर्न दिँदैनौँ। हामी कुनै गठबन्धनमा जोडिएर तपाईंहरूको हितलाई प्रतिकूल प्रभाव पार्दैनौँ। हामी हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्ने हो। यसमा कृपया हामीलाई विश्वास गर्नुहोस्, हामीलाई डिल गर्न दिनूस् भनेर नै जानुपर्ने हुन्छ।’

आन्तरिक मामिलामा विवादित हुने र आफै गिजोल्दै जाने हो भने अरूहरूको सरोकार त्यति नै बढ्दै जाने चिन्ता पनि उनले व्यक्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com