ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ओलीको भेटवार्ता १८ मंसिरमा


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा भेटवार्ता हुने भएको छ। बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपतिलगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने भएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कनेछन्।

यसअघि चीनले १७–२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७–२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो।

‘बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चस्तरीय भेटवार्ताहरू हुनेछन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘१९ मंसिरका दिन नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्ररूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन। सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौँबाट एकसाथ भ्रमणको घोषणा हुनेछ।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको छ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार ९भोलि० चीन प्रस्थान गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com