ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पदाधिकारी बैठक बस्दै, विधान संशोधन प्रतिवेदन पेश हुने


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ । तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेश गर्ने विषय रहेको छ ।

‘निर्वाचन आयोगको ढाँचा अनुसार पार्टीको विधान मिलाउनुपर्ने छ । यससम्बन्धी कार्यदलको प्रतिवेदन पदाधिकारी बैठकमा पेश हुनेछ’ उपाध्यायले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।

विधानसम्बन्धी कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

स्थानीय तहको सम्मेलन विषयमा कार्यविधि बनाउन कार्यदलमा महासचिव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com