ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो ।

कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् ।

देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ । अहिले औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको छ ।

कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ ।

नयाँ व्यवस्था अबको तीन महिनापछि कार्यान्वयनमा ल्याउने कोषको तयारी छ । कोष कार्यान्वयनमा आएको ६ वर्ष पूरा हुँदा १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार र वैदेशिक रोजगारमा रहेका १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसकै कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्नेभन्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको आबद्धता बढेको हो ।

कोषको दायरा विस्तारका लागि काठमाण्डौसहित विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना भएको छ । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना हुने कोषले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com