ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण गर्दैन – सञ्चारमन्त्री


एबीसी न्यूज

काठमाडौं ११ मंसिर । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई परियोजनालाई सरकारले ऋणको रुपमा ग्रहण नगर्ने बताए ।

 

मंगलबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई इंगित गर्दै बीआरआई परियोजनालाई ऋणको रुपमा ग्रहण नगरिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी अनुदान लिनको लागि तयार छौं, तर ऋण कुनै पनि हालतमा लिदैनौं, बीआरआई परियोजनालाई पनि सरकारले कुनै पनि हालतमा ऋणको रुपमा ग्रहण गर्दैन ।’ उनका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा पनि बीआरआई परियोजनाका नाममा ऋण लिने सम्झौता हुँदैन । सरकारले अनुदानको मात्रै सम्झौता गर्छ । ‘ऋण पायो भन्दैमा सरकारले जहाँ पायो त्यहीँ हात थाप्ने काम गर्दैन,’ उनले भने, ‘सरकारले देशको हितको लागि, जनताको हितको लागि सुशासन कायम गर्ने काममा अनुदानका विषयमा मात्रै सम्झौता गर्दै आएको छ ।’

कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको उजागार गर्नुपर्ने बताउँदै भने, ‘पत्रकार स्वतन्त्रताको पक्षमा सरकारको साथ रही रहनेछ, जनतालाई सूचनाको हकको सुनिश्चित गराउनुपर्छ, तर त्यसको पनि आफ्नो सीमा, मर्यादामा रहेर गर्नुपर्छ, सञ्चार माध्यमबाट सम्प्रेषण हुने सामाग्रीले समाजमा विकृति फैलाउने, समाज–समुदायमा द्वन्द्व, विवाद सिर्जना गर्ने जस्ता काम गर्नु भने भएन, त्यस प्रकारका सञ्चार माध्यमलाई नियमन गराउन जरुरी छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com