ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री डा.आरजु राणा जापान नजाने, १३ मंसिरमा चीन जाने तयारी


एबीसी न्यूज

काठमाडौं १० मंसिर । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा जापान नगई सिधै चीन भ्रमणमा जाने भएकी छन्।  स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर १३ मंसिर मा चीन जाने भएकी हुन्।

यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका तय भएको थियो।  ‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम थियो,’ मन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले  भने, ‘तर, चिकित्सकको समय उपलब्ध नभएकाले उहाँ त्यसतर्फ नजाने हुनुभयो।’

काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो।

बेइजिङ पुगेलगत्तै मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग त्यसै दिन द्विपक्षीय भेटवार्ता पनि तय भइसकेको थियो।

पाठकका अनुसार, अब मन्त्री राणाको बेइजिङ प्रस्थान गर्ने कार्यक्रम १३ मंसिरका लागि तय भएको छ।

‘द्विपक्षीय भ्रमणका लागि उहाँ १३ मंसिरमा बेइजिङ प्रस्थान गर्नुहुनेछ,’ पाठकले भने, ‘१४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङसँग हुने भेटवार्ताको कार्यक्रम यथावत् छ।’

यसअघि निर्धारित मितिभन्दा एक दिनअघि बेइजिङ पुग्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणमा मन्त्री राणा उतैबाट सामेल हुने वा काठमाडौँबाट सामेल हुने भन्ने टुङ्गो अझै लागेको छैन।

चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ।

सुरुवातमा प्रस्तावित मितिमा केही हेरफेर गर्ने पक्षमा रहे पनि पछिल्लो समय प्रधानमन्त्री ओली सोही मितिमै चीन जाने तयारीमा छन्।

यसैअनुरुप नेपाल र चीन दुवै मुलुकले भ्रमणको तयारी सुरु गरेका छन्। यद्यपि, भ्रमणको औपचारिक मिति घोषणा भने अझै भएको छैन।

त्यही कारण मन्त्री डा। राणा उतैबाट भ्रमण दलमा सामेल हुने वा फेरि काठमाडौँ फर्केर जाने भन्ने तय नभएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com